back
CTIZAN AD

मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव सम्पन्न’

वि.सं.२०८२ वैशाख ३ बुधवार

645 

shares

भोजपुर । मुन्दुम पदमार्गका विकास तथा प्रवद्र्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर रैथाने खाना महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाउने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा भुटेको मकै, कुखुराको वाचिपा (तिते)लगायत परिकारसँगै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो । त्यस्तै माछाको सुकुटी, पाहा, कोदोको मःम, कोदोको ढिडोको परिकारको पनि प्रदर्शनी गरिएको छ ।

स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणसँगै आउने पयर्टकले खान पाउने रैथाने खानेकुराको जानकारी दिने उद्देश्यका साथ रैथाने खाना महोत्सव सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । मुख्य रूपमा मुन्दुम पदमार्गमा आउने पर्यटकलाई यहाँको खानाको परिकारको विषयमा जानकारी दिन महोत्सव आयोजना गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाको संयोजन र पर्यटनमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गरिएको हो । महोत्सवले यहाँका स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई सफल बनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

चखेवामा रैथाने महोत्सव सञ्चालनले स्थानीयवासी उत्साहित भएका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनका परिकार खुवाउने होटल व्यावसायीहरूको भनाइ छ । पर्यकटलाई लक्षित गरेर नयाँ वर्षको अवसरमा दुई दिने महोत्सव सञ्चालन गरिएको हो । रासस

 

वि.सं.२०८२ वैशाख ३ बुधवार १४:५५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...