back
CTIZAN AD

शिक्षक आन्दोलनप्रति पेशागत महाशाखाको ऐक्यबद्धता

वि.सं.२०८२ वैशाख ३ बुधवार

3K 

shares

काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा १५ दिन देखि यता लगातार भइरहेको सडक संघर्षप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), पेशागत महाशाखाले ऐक्यबद्धता जनाएको छ । नेकपा((माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समिति, पेशागत महाशाखाका सचिव भरत गौतमले प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता व्यक्त गरेका हुन् ।

गौतमद्वारा विज्ञप्तिमा भनिएको छ ‘ नेपाल शिक्षक महासंघ र सरकार वीच विगतका विभिन्न समयमा भएका सहमतिलाई खास महत्त्व दिएको नपाइएको अवस्थामा शिक्षक तथा सम्बन्धित कर्मचारीहरुको अनुशासित र मर्यादित आन्दोलनप्रति महाशाखा ऐक्यवद्धता प्रकट गर्न चाहन्छौं। ’
विज्ञप्तीमा शिक्षकहरुको लामो आन्दोलनलाई सरकारको तर्फबाट गरिएको नजरअन्दाजप्रति महाशाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

साथै तत्काल शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्दै अवस्थालाई थप जटिलता तर्फ जान नदिन सोत आग्रहसमेत गरिएको छ ।

‘यतिबेला विद्यार्थी भर्ना गर्नुपर्ने र नयाँ शैक्षिक सत्रको योजना बनाउनु पर्ने अवस्थामा लामो समयदेखिको सडक आन्दोलनले समग्र मनोविज्ञानमा असर पुऱ्याएको कुरालाई समेत महसुस गरी शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछौं।’

साथै तत्काल शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्दै अवस्थालाई थप जटिलता तर्फ जान नदिन सोत आग्रहसमेत गरिएको छ ।’शिक्षक वर्गले आफ्ना महत्वपूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बेलामा बढ्‌दै र तात्दै जान थालेको वर्तमान आन्दोलनमुखी अवस्थालाई थप जटिलता तर्फ जान नदिन शिक्षकका मागलाई बिनाशर्त यथाशीघ्र पूरा गर्न पेशागत महाशाखा सरकारसँग जोडदार माग गर्दछ । ’

वि.सं.२०८२ वैशाख ३ बुधवार १५:५७ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...