back

शिक्षक आन्दोलनप्रति पेशागत महाशाखाको ऐक्यबद्धता

वि.सं.२०८२ वैशाख ३ बुधवार

2.1K 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा १५ दिन देखि यता लगातार भइरहेको सडक संघर्षप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), पेशागत महाशाखाले ऐक्यबद्धता जनाएको छ । नेकपा((माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समिति, पेशागत महाशाखाका सचिव भरत गौतमले प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता व्यक्त गरेका हुन् ।

गौतमद्वारा विज्ञप्तिमा भनिएको छ ‘ नेपाल शिक्षक महासंघ र सरकार वीच विगतका विभिन्न समयमा भएका सहमतिलाई खास महत्त्व दिएको नपाइएको अवस्थामा शिक्षक तथा सम्बन्धित कर्मचारीहरुको अनुशासित र मर्यादित आन्दोलनप्रति महाशाखा ऐक्यवद्धता प्रकट गर्न चाहन्छौं। ’
विज्ञप्तीमा शिक्षकहरुको लामो आन्दोलनलाई सरकारको तर्फबाट गरिएको नजरअन्दाजप्रति महाशाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

साथै तत्काल शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्दै अवस्थालाई थप जटिलता तर्फ जान नदिन सोत आग्रहसमेत गरिएको छ ।

‘यतिबेला विद्यार्थी भर्ना गर्नुपर्ने र नयाँ शैक्षिक सत्रको योजना बनाउनु पर्ने अवस्थामा लामो समयदेखिको सडक आन्दोलनले समग्र मनोविज्ञानमा असर पुऱ्याएको कुरालाई समेत महसुस गरी शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछौं।’

साथै तत्काल शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्दै अवस्थालाई थप जटिलता तर्फ जान नदिन सोत आग्रहसमेत गरिएको छ ।’शिक्षक वर्गले आफ्ना महत्वपूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बेलामा बढ्‌दै र तात्दै जान थालेको वर्तमान आन्दोलनमुखी अवस्थालाई थप जटिलता तर्फ जान नदिन शिक्षकका मागलाई बिनाशर्त यथाशीघ्र पूरा गर्न पेशागत महाशाखा सरकारसँग जोडदार माग गर्दछ । ’

वि.सं.२०८२ वैशाख ३ बुधवार १५:५७ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...