back
CTIZAN AD

चार हजार बढीको ईसेवाबाट रकम चोरी गर्ने युवा पक्राउ

वि.सं.२०८२ वैशाख ३ बुधवार

948 

shares

काठमाडौँ । हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बुढाले ईसेवा प्रयोगकर्तालाई एस.एम.एसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिङ्क पठाएर ‘तपाईँको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने र भेरिफाइका लागि भन्दै लिङ्क खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पु¥याउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक अंगुर जिसी अनुसार बुढाले चार हजारभन्दा बढी व्यक्तिहरूको ईसेवामा मौज्दात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले एक करोड दुई लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनलाई वैशाख मङ्गलवार काठमाडौँको कालीमाटीबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

वि.सं.२०८२ वैशाख ३ बुधवार १७:२२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...