back
CTIZAN AD

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

वि.सं.२०८२ वैशाख ४ बिहीवार

1.2K 

shares

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती मृत भेटिएकी छन् । साढे तीन वर्षअघि यौन दुर्व्यवहारमा परेकी दलित युवती पूजा राम घरदेखि पाँच सय मिटर पर तीनगछियाको पोखरीछेउमा मङ्गलवार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

पूजा राम मृत्यु घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनको मृत्यपश्चात आमा रामवतीदेवीले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएपछि प्रहरीले जागेश्वर ठाकुरलाई गाउँबाटै पक्राउ गरेको हो ।

ठाकुर १४ मङ्सिर ०७८ मा पूजामाथि भएको यौन दुर्व्यवहारमा दोषी ठहर भई फरार रहेका युवक हुन् । उनले त्यति वेला पूजालाई घरनजिकको बाँस घारीमा कपडाले मुख थुनेर बलात्कार प्रयास गरेका थिए । घटना हुँदा नाबालक रहेका ठाकुरलाई जबरजस्ती करणी उद्योगमा २ चैत ०७९ मै सप्तरी जिल्ला अदालतले आठ महिना कैद र सात हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी बाल सुधार गृह नगई फरार भएका थिए ।

गाउँमा लुकिछिपी रहेका उनैले छोरीको हत्या गरेको भन्दै पूजाकी आमा रामवतीदेवीले जाहेरी दिएपछि मात्रै पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

सोमबार राति भाइसँगै घरमा रहेकी पूजा एक्कासि हराएको देखिएको र खोजी गर्ने क्रममा मङ्गलवार बिहान शव भेटिएको खतिवडाले बताए । शङ्कास्पद अवस्थामा शव फेला परेकाले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाइएको एसपी खतिवडाले बताए ।

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:४६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...