back
CTIZAN AD

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

वि.सं.२०८२ वैशाख ६ शनिवार

921 

shares
बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमुना सङ्कलन गर्नेछ ।
क्षुद्रग्रह अन्वेषण मिसन भन्नाले अन्तरिक्षमा रहेका साना ग्रहजस्तै आकृतिका वस्तुहरू, जसलाई क्षुद्रग्रह भनिन्छ, तिनीहरूको अध्ययन गर्न पठाइने अन्तरिक्ष अभियानलाई जनाइन्छ । यस्ता मिशनहरूबाट क्षुद्रग्रहको बनावट, उत्पत्ति, सतहको अवस्था, गति आदिको बारेमा जानकारी लिइन्छ, जसले सौरमण्डलको इतिहास बुझ्न सहयोग पु¥याउँछ । साथै, पृथ्वीमा खतरनाक रूपमा नजिक आउने क्षुद्रग्रहहरू पहिचान गर्न र भविष्यमा यिनबाट बच्ने उपाय सोच्न पनि यस्ता मिसन उपयोगी हुन्छन् ।
त्यस्तैगरी, ‘शेञ्चौ–२०’ र ‘शेञ्चौ–२१’ नामक मानिस चढाइने यानहरू पनि यही वर्ष अन्तरिक्षतर्फ पठाइने छन् ।
चीनले अन्य देशहरूसँग मिलेर संयुक्त अन्तरिक्ष अनुसन्धान पनि गर्दैछ । युरोपसँग मिलेर बनाइने एउटा अभियानले सूर्यको हावा पृथ्वीको चुम्बकीय क्षेत्रमा कसरी असर गर्छ भन्ने कुरा पत्ता लगाउनेछ । अर्को परियोजनामा चीन र इटालीले मिलेर भू–कम्प पहिल्यै थाहा पाउने उद्देश्यले एउटा उपग्रह निर्माण गरिरहेका छन् ।
चीनले बेल्ट तथा सडक पहलमा सहभागी भएका देश, ब्रिक्स समूहका राष्ट्र र युरोपेली साझेदारहरूसँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने, अन्तरिक्षमा संयुक्त अध्ययन गर्ने र विज्ञान प्रविधिको आदानप्रदान गर्ने योजना अघि बढाइरहेको छ ।
चीनले आफ्नो उपग्रह सेवामार्फत कृषि विकास, विपद् व्यवस्थापन तथा स्मार्ट सहर निर्माणजस्ता क्षेत्रमा पनि अन्य राष्ट्रहरूलाई सहयोग गर्नेछ ।
यसै सन्दर्भमा, चीनले यस वर्षको अन्तरिक्ष दिवस अप्रिल २४ मा मनाउनेछ । सो अवसरमा शाङ्घाइ शहरमा बृहत् कार्यक्रमहरू आयोजना गरिने छन्, जसमध्ये उद्घाटन समारोह, अन्तरिक्ष प्रदर्शनी, सांस्कृतिक गोष्ठी तथा शैक्षिक सम्मेलनहरू मुख्य हुनेछन् ।
देशभर करिब ६५० वटा सार्वजनिक कार्यक्रम आयोजना हुनेछन्, जसमा विद्यालय खुला गर्ने, वैज्ञानिकद्वारा कक्षा सञ्चालन, विज्ञान प्रदर्शनी, प्रतियोगिता तथा कार्यशाला हुनेछन् ।
यस पटकको अन्तरिक्ष दिवसमा थाइल्याण्डलाई विशेष अतिथि राष्ट्रको रूपमा आमन्त्रित गरिएको छ । चीन र थाइल्याण्डले चन्द्र–अभियान, संयुक्त उपग्रह निर्माण र पृथ्वी अवलोकनसम्बन्धी सहकार्यलाई अझ विस्तार गर्ने योजना बनाएका छन् ।
चीनले आफ्नो पहिलो उपग्रह ‘तुङफाङहोङ–१’ सन् १९७० को अप्रिल २४ मा प्रक्षेपण गरेपछि, यही दिनलाई सम्झनाका रूपमा सन् २०१६ देखि प्रत्येक वर्ष ‘चीन अन्तरिक्ष दिवस’ को रूपमा मनाउँदै आएको हो । (रासससिन्ह्वा)

वि.सं.२०८२ वैशाख ६ शनिवार ०७:४९ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...