back
CTIZAN AD

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

वि.सं.२०८२ वैशाख ६ शनिवार

1.9K 

shares
किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता भएको हो ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि युद्धका बन्दी र युद्धमा मरेका कैदीहरूको आदानप्रदान दुई पक्षबीचको सहकार्यको एउटा दुर्लभ क्षेत्र रहेको छ ।
“स्वदेश फिर्ता गर्ने गतिविधिहरूको परिणाम स्वरूप नौ सय नौ युक्रेनी रक्षकको शव युक्रेनमा फिर्ता गरियो”, युक्रेनी सरकारी एजेन्सी, युद्धका कैदीहरूको उपचारका लागि समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ ।
रुसले सामान्यतया आफ्ना शवहरू फिर्ताको घोषणा गर्दैन वा युक्रेनमा लडिरहेका आफ्ना सैनिकहरूको सङ्ख्याबारे अद्यावधिक जानकारी दिँदैन ।
तर रूसी मिडिया र सैन्य ब्लगरहरूले आक्रमणको निरीक्षण गर्ने संसदीय समितिका सांसद शमसेल सारालिभलाई उद्धृत गर्दै मारिएका ४१ जना रूसी सैनिकको शव फिर्ता गरिएको बताएका छन् ।
यो आदानप्रदान अमेरिकी नेतृत्वको दुई पक्षबीच युद्धविराम गराउने प्रयास अवरुद्ध भएजस्तै देखिएको बेला भएको हो ।
दुवै पक्षका दशौँ हजार मारिएको व्यापक रूपमा अनुमान गरिएको छ । यद्यपि कुनै पनि देशले नियमित अपडेटहरू प्रदान गर्दैनन् ।
फेब्रुअरीको मध्यमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी प्रसारणकर्ता एनबिसी न्युजलाई आफ्ना ४६ हजारभन्दा बढी सैनिक मारिएको र करिब तीन लाख ८० हजार घाइते भएको बताएका थिए ।
सन् २०२२ को शरद ऋतुदेखि रुसले आफ्नो क्षतिको बारेमा रिपोर्ट गरेको छैन । उक्त समयअघि उसले छ हजारभन्दा कम सैनिक मारिएको बताएको थियो ।
मिडियाजोना र बिबिसीको रूसी सेवाले चलिरहेको अनुसन्धानले सार्वजनिक रूपमा उपलब्ध स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा युद्ध सुरु भएदेखि करिब एक लाख मृत रूसी सैनिकको नाम पहिचान गरेको छ ।(रासस÷एएफपी) ः

वि.सं.२०८२ वैशाख ६ शनिवार ०७:५७ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...