back
CTIZAN AD

महानगरका महिलाद्वारा अघोषित लोडसेडिंग हटाउन माग

वि.सं.२०८२ वैशाख ६ शनिवार

2.9K 

shares

काठमाडौँ । अनेमसंघ(क्रान्तिकारी), काठमाडौँ महानगर समितिले अघोषित लोडसेडिंग हटाउन माग गरेको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर समितिकी अध्यक्ष मुना न्यौपानेले प्रेस विज्ञप्ती जारी गर्दै विगत केहि दिनदेखि बढिरहेको अघोषित लोडसेडिंग र त्यसले महानगरवासी आमनागरिकमा पारेको समस्याप्रति अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर समितिको ध्यानाकर्षण भएको बताएकी छन् ।

उनले विज्ञप्तीमार्फत भनेकी छन् ‘लोडसेडिंगको कहालीलाग्दो अवस्थाबाट मुक्तभै बिजुलीको निर्वाध उपभोगको स्तरमा पुगेका काठमाण्डौ महानगरवासीले केहि समय यता पुनः अघोषित लोडसेडिंग ब्यहोर्नु परेको छ । यो अवस्थामा सरकारको जिम्मेवार तहमा रहनेहरुले जनतालाई आक्रोश बढाउने गरी अभिब्यक्ति दिनुले महानगरवासीलाई थप मर्माहत बनाएको छ । अकस्मात बिजुली गईरहँंदा घरमा प्रयोग भईआएका विद्युतीय सामाग्रीमा पुगेको क्षति र त्यसले पार्ने अन्य समस्याहरुलाई मनन गरि शिघ्र समाधान गर्न नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणसँग जोडदार माग गर्दछौं ।’

साथै उनले लामो समयदेखि चलेको शिक्षक एवम् पेशागत आन्दोलनहरुबाट महानगरमा उत्पन्न ट्राफिक अवरोध लगायतका अन्य समस्याहरुमा ध्यान पु¥याउँदै उनीहरुका जायज माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेकी छन् ।

स्मरण रहोस् दैनिक १८ घण्टासम्मको लोडसेडिंङलाई घटाउँदै लगभग शुन्यमा झारेका र घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका विद्युत प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएसँगै देशैभर अघोषित लोडसेडिंङ बढेको महशुस नागरिकले गरेका छन् ।

अनेमसंघ(क्रान्तिकारी) काठमाडौँ महानगरको अध्यक्ष बनिन् मुना

वि.सं.२०८२ वैशाख ६ शनिवार ०९:१४ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...