back

महानगरका महिलाद्वारा अघोषित लोडसेडिंग हटाउन माग

वि.सं.२०८२ वैशाख ६ शनिवार

1.3K 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । अनेमसंघ(क्रान्तिकारी), काठमाडौँ महानगर समितिले अघोषित लोडसेडिंग हटाउन माग गरेको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर समितिकी अध्यक्ष मुना न्यौपानेले प्रेस विज्ञप्ती जारी गर्दै विगत केहि दिनदेखि बढिरहेको अघोषित लोडसेडिंग र त्यसले महानगरवासी आमनागरिकमा पारेको समस्याप्रति अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर समितिको ध्यानाकर्षण भएको बताएकी छन् ।

उनले विज्ञप्तीमार्फत भनेकी छन् ‘लोडसेडिंगको कहालीलाग्दो अवस्थाबाट मुक्तभै बिजुलीको निर्वाध उपभोगको स्तरमा पुगेका काठमाण्डौ महानगरवासीले केहि समय यता पुनः अघोषित लोडसेडिंग ब्यहोर्नु परेको छ । यो अवस्थामा सरकारको जिम्मेवार तहमा रहनेहरुले जनतालाई आक्रोश बढाउने गरी अभिब्यक्ति दिनुले महानगरवासीलाई थप मर्माहत बनाएको छ । अकस्मात बिजुली गईरहँंदा घरमा प्रयोग भईआएका विद्युतीय सामाग्रीमा पुगेको क्षति र त्यसले पार्ने अन्य समस्याहरुलाई मनन गरि शिघ्र समाधान गर्न नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणसँग जोडदार माग गर्दछौं ।’

साथै उनले लामो समयदेखि चलेको शिक्षक एवम् पेशागत आन्दोलनहरुबाट महानगरमा उत्पन्न ट्राफिक अवरोध लगायतका अन्य समस्याहरुमा ध्यान पु¥याउँदै उनीहरुका जायज माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेकी छन् ।

स्मरण रहोस् दैनिक १८ घण्टासम्मको लोडसेडिंङलाई घटाउँदै लगभग शुन्यमा झारेका र घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका विद्युत प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएसँगै देशैभर अघोषित लोडसेडिंङ बढेको महशुस नागरिकले गरेका छन् ।

अनेमसंघ(क्रान्तिकारी) काठमाडौँ महानगरको अध्यक्ष बनिन् मुना

वि.सं.२०८२ वैशाख ६ शनिवार ०९:१४ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...