back
CTIZAN AD

लघुकथा : साख

वि.सं.२०८२ वैशाख ६ शनिवार

3.4K 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही दाङ

रामभरोसे सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरूको भिड आफ्नो घरतिर आउँदै गरेको देखेपछि अचम्मलालले भन्यो,
–“ओहो नमस्कार है नमस्कार सबैमा ! जम्बो टोली नै बनाएर हिँड्नुभएको छ त ! कतै आन्दोलनमा त हैन नि !’

–‘अचम्मलालजी पनि मजाक गर्नुहुन्छ । यी व्यानर देख्नुभएन । हामी त घरदैलो भर्ना अभियानमा हिँडेको ।’ अगाडि सर्दै एकजना शिक्षकले भने ।

‘घरदैलो भर्ना अभियान …?’ व्यानर नियाल्दै अचम्मलाल बोल्यो ।

‘हो नि ! बरु हजुरको सानो बाबुको विद्यालय जाने उमेर भएन र ? हाम्रो विद्यालयमा भर्ना गरिदिनु प¥यो ।’ अर्का शिक्षकले टाउको कन्याउँदै भने ।

‘नानी पनि त छे नि ! उसलाई पनि निजी विद्यालयबाट यतै ल्याउनु प¥यो । हजुरजस्तो जानेबुझेको, गन्यमान्य व्यक्तिले सामुदायिक विद्यालयको साख नजोगाइदिए कसले जोगाइदिन्छ ?’ कपाल मिलाउँदै शिक्षिका बोलिन् ।

–‘त्यो त हो तर … ।’ अचम्मलाल बोल्दै थिए, उक्त सामुदायिक विद्यालयका प्र.अ. हस्याङ्फस्याङ् गर्दै अभियानमा सामेल हुन आइपुगे ।

‘ओहो हेडसर ! हजुरले निकै ढिला गर्नुभयो, आउनुहुँदैन कि भन्ने लागेको थियोे ।’ एकजना शिक्षक बिचैमा प्वाक्क बोले ।

‘यस्तो महत्वपूर्ण कार्यमा नआउने त कुरै छैन । हेर्नुस् न, छोराको स्कुल भर्ना गर्ने आज अन्तिम दिन रहेछ । त्यही भएर चौताराको निजी बोर्डिङ स्कुल पुगेर आएको । पढाईजस्तो कुरामा खेलवाड गर्नु पनि भएन ।’ गम्भीर हुँदै प्रअ.ले भने ।

 

वि.सं.२०८२ वैशाख ६ शनिवार ०९:३३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...