back
CTIZAN AD

चारु

वि.सं.२०८२ वैशाख ६ शनिवार

2.4K 

shares

सुशान्त मैनाली, हरिवन, सर्लाही

पढ्नलाई स्कूल छैन यहाँ दुई कोस टाढा हिँड्नुपर्छ
अघि नै चप्पल किन्दिदैनन् खुट्टामा काँडा बिझ्नुपर्छ ।

सरकार थोरै त जग्गा छन् हाम्रा वर्षभरि खान अन्न पुग्दैन
अन्न उब्जने भन्दा किन कार्यलयमा कर गाढा तिर्नुपर्छ ।

छिमेकीसँग एक माना चामल के पैँचो मागेको थिएँ मैले
थाहा थिएन यहाँ एैंचो पैँचो गर्दा नि यति नातामा गिर्नुपर्छ ।

के भन्नु र यहाँ हामी एउटै बाउको सन्तान हौं भनेर
सम्पतिको नाउँमा दाजु भाईमा पनि नाता चिर्नुपर्छ ।

कोसौं टाढा हिँडेर कति पढ्ने विचारमा छौं बालक तिमी
जति पढ अन्तिममा धनको लागि टाढा परदेश छिर्नुपर्छ ।।

 

वि.सं.२०८२ वैशाख ६ शनिवार १२:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...