सुशान्त मैनाली, हरिवन, सर्लाही
पढ्नलाई स्कूल छैन यहाँ दुई कोस टाढा हिँड्नुपर्छ
अघि नै चप्पल किन्दिदैनन् खुट्टामा काँडा बिझ्नुपर्छ ।
सरकार थोरै त जग्गा छन् हाम्रा वर्षभरि खान अन्न पुग्दैन
अन्न उब्जने भन्दा किन कार्यलयमा कर गाढा तिर्नुपर्छ ।
छिमेकीसँग एक माना चामल के पैँचो मागेको थिएँ मैले
थाहा थिएन यहाँ एैंचो पैँचो गर्दा नि यति नातामा गिर्नुपर्छ ।
के भन्नु र यहाँ हामी एउटै बाउको सन्तान हौं भनेर
सम्पतिको नाउँमा दाजु भाईमा पनि नाता चिर्नुपर्छ ।
कोसौं टाढा हिँडेर कति पढ्ने विचारमा छौं बालक तिमी
जति पढ अन्तिममा धनको लागि टाढा परदेश छिर्नुपर्छ ।।
वि.सं.२०८२ वैशाख ६ शनिवार १२:२९ मा प्रकाशित































