back
CTIZAN AD

स्याङ्जाका क्रियाशील तीन अग्रज पत्रकारलाई सम्मान

वि.सं.२०८२ वैशाख ७ आइतवार

1.2K 

shares

काठमाडौँ । स्याङ्जामा तीन जना क्रियाशील अग्रज पत्रकार सम्मानित भएका छन् । अकला आवाज राष्ट्रिय साप्ताहिकले ‘स्याङ्जाको समग्र विकास, समृद्धि र सुशासनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया एवम् वार्षिक क्यालेन्डर लोकार्पण’ कार्यक्रमका बिच उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले र पत्रकार महासङ्घ स्याङ्जाका सचिव हरिप्रसाद सुवेदी (सुशील) रहेका छन् । सिग्देल नेपाल पत्रकार महासङ्घ स्याङ्जाका निवर्तमान अध्यक्ष हुने भने काफ्ले गोरखापत्रका स्याङ्जा संवाददाता हुन् ।  सुवेदी प्रेस चौतारी स्याङ्जाका निवर्तमान अध्यक्ष एवं नेपाल टेलिभिजन स्याङ्जा संवाददाता हुन् । उनीहरू तीनै जनालाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल, गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने, पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, जिल्लामा क्रियाशील पत्रकारहरू र वालिङका बौद्धिक व्यक्तिहरूको उपस्थिति थियो ।

अकला आवाज साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेले स्याङ्जाको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको क्षेत्रमा पत्रकारिता मार्फत भूमिका खेलेको भन्दै अग्रज पत्रकारलाई सम्मान गरिएको बताए ।

वि.सं.२०८२ वैशाख ७ आइतवार १२:१४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...