back
CTIZAN AD

किन बोलायो राप्रपाले आकस्मिक बैठक ?

वि.सं.२०८२ वैशाख ७ आइतवार

954 

shares

काठमाडौँ । राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ ।  राप्रपाले देशमा बढ्दो भ्रष्टाचारको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सङ्घीय शासन प्रणालीको खारेजी माग गर्दै प्रदर्शन गरेको थियो ।

बिहानैदेखि राप्रपाका नेता तथा कार्यकर्ता बिजुली बजारबाट जुलुससहित नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक पुगेर प्रदर्शन गरेका थिए ।

यता सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गर्ने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरू उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  आफ्ना नेताहरू पक्राउ परेपछि आइतबार अपराह्न ४ बजे राप्रपाले आकस्मिक बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ ।

वि.सं.२०८२ वैशाख ७ आइतवार १५:५२ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...