back
CTIZAN AD

ह्वात्तै बढ्यो नेपाल बैंकको खुद नाफा

वि.सं.२०८२ वैशाख ७ आइतवार

786 

shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चैत मसान्त सम्मको सार्वंजनिका विवरण अनुसार बैंकले नाफामा ठूलो फड्को मारेको हो । बैंकले गतवर्षको तुलनमा यो वर्ष २०३२.८० प्रतिशतल नाफा वृद्धि गरेको छ । बैंकले चालू आवको यसै अवधिमा भने २ अर्ब ७८ करोड रुपैयाँबढी खुद नाफा आर्जन गरेको छ भने गत वर्षको सोहि अवधिमा १३ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) १ अर्ब २७ करोड पुगेको छ भने गत वर्ष गत वर्ष करीब १ अर्ब ऋणात्मक रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ ।

त्यस्तै बैंकको सञ्चालन नाफा पनि ५८ करोडबाट बढेर एकैचोटी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज र कुल सञ्चालन आम्दानी भने सामान्य बढेर क्रमशः ७ करोड १० लाख रुपैयाँ र ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ ।

वि.सं.२०८२ वैशाख ७ आइतवार १५:२६ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...