back
CTIZAN AD

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

वि.सं.२०८२ वैशाख ७ आइतवार

1.4K 

shares

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी नयाँवर्ष २०८२ लाई स्वागत गरेको छ ।

अप्रिल १९ का दिन नेपाली नववर्ष विक्रम सम्बत २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम, संस्थाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख सिता थापामगरको आथिथ्यता रहेको थियो ।

संस्थाका प्रवक्ता हरि ढुंगानाले कार्यक्रमलाई निकै रोचक ढङ्गले सञ्चालन गरेका थिए भने संस्थाकी सदस्य अर्फा राईले स्वागत मन्तव्य राखेकी थिइँन ।

कार्यक्रममा अध्यक्ष गुरुङले संस्थालाई साथ सहयोग गर्दै आएका सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा झनै सशक्त ढंगले अघि बढ्न अभिप्रेरित गराएको महसुस गरेको बताए । उनले संस्थाका हरेक गतिविधिलाई नजिकबाट नियालेर कमीकमजोरी औल्याइ साथ सहयोग र सहकार्य गर्न समेत अनुरोध गरे ।

त्यसैगरी प्रमुख अतिथि  थापामगर, अतिथि भिम प्रसाद पोख्रेल, प्रशान्त गुरुङ, भीमसेन थापा, सूर्य गुरुङ, चक्रबिर गुरुङ लगायतले बोल्ने क्रममा संस्थाको आवश्यक, भुमिका, महत्व र संस्थाले गरेका कामको प्रसंसा गरेका थिए ।

कार्यक्रममा स्थानीय गायक सनम विश्वकर्माले आफ्नो सुमधुर स्वरमा गायन प्रस्तुत गरेका थिए त्यसैगरी गुमन अधिकारीको मुक्तक वाचनले धैरेको मन जीत्न सफल भए ।

संस्थामा महत्वपूर्ण योगदान पु¥याएका, आजीवन सदस्य, प्रकाश खड्का, सञ्जित गुरुङ र दिल रोका मगरलाई सम्मान गरिएको थियो भने कार्यक्रममा समावेश गरिएको दुई खेलमध्ये म्युजिकल चियरकी विजेता अर्फा राई र घैटो फुटाइका विजेता रोशन घलेलाई पुरस्कृत समेत गरिएको थियो ।

वि.सं.२०८२ वैशाख ७ आइतवार १८:०२ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...