back

पोप फ्रान्सिसको निधन : भ्याटिकन

वि.सं.२०८२ वैशाख ८ सोमवार

93 

shares
GLOBAL IME AD
NTC AD

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ ।

“प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भन्नुभयो, “आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।”

गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भयो ।

फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुगेका थिए । मार्च २३ मा डिस्चार्ज हुनुअघि उनले अस्पतालमा ३८ दिन बिताए ।

आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ शुभकामना दिए र आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) आशीर्वादमा उनले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गरे । (रासस/एएफपी)

वि.सं.२०८२ वैशाख ८ सोमवार १५:२८ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका...