back
CTIZAN AD

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

वि.सं.२०८२ वैशाख ८ सोमवार

639 

shares

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंकले घटेर नेप्से २६९८ अंकमा कायम भएका हो ।

नेप्से परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो ।

११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढ्दा व्यापार सेक्टर सबैभन्दा बढी घटेको छ । बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटे ।।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, युनिभर्सल पावरको ९.८०, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत बढ्यो ।

एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ४.०२ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

वि.सं.२०८२ वैशाख ८ सोमवार १५:३७ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...