back
CTIZAN AD

सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना

वि.सं.२०८२ वैशाख १० बुधवार

897 

shares

काठमाडौं । सगरमाथा आरोहणलाई व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथाको आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।

विभागका निर्देशक लीलाधर अवस्थीले वसन्त ऋतुको सगरमाथा आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक समन्वयका लागि अस्थायी कार्यालय स्थापना गरिएको जानकारी दिए । विभागले अघिल्लो वर्षदेखि आरोहणलाई लक्षित गरी कार्यालय स्थापना गर्दै आएको छ ।

यसपटक पनि वसन्तयामको आरोहण अनुमगन, रिपोर्टिङ र समन्वयका लागि फिल्ड कार्यालय स्थापना गरिएको निर्देशक अवस्थीले बताए । सरकारले सगरमाथा आरोहणका लागि हरेक समूहमा एक जना सम्पर्क अधिकृतसमेत खटाउने गरेको छ । फिल्ड कार्यालयले प्रभावकारी अनुगमनका साथै अनुमति प्रमाणीकरण, नियमन, रिपोर्टिङ प्रोटोकल, आपतकालीन समन्वय, मुद्दा समाधान, फोहर व्यवस्थापन निरीक्षणलगायत काम गर्नेछ ।

निर्देशक अवस्थीका अनुसार कार्यालयमा पाँच जना सम्पर्क अधिकृत रहनेछन् । यसमा विभागका दुई जना र नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि रहनेछन् । साथै हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर स्थापना गरेर प्राथमिक उपचारको व्यवस्था गर्नेछ ।

सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका तीन सय ७४ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणवापत रु ६४ करोड रोयल्टी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ५५ करोड रोयल्टी उठेको विभागले जनाएको छ ।रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख १० बुधवार ०७:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...