back
CTIZAN AD

बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा

वि.सं.२०८२ वैशाख १० बुधवार

663 

shares
दमौली (तनहुँ) । जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो ।
समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो । बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए ।
बजार क्षेत्रमा ठूला तथा साना सवारीसाधनको घुइँचो तथा सवारीसाधनले यात्रु चढाउन गर्ने हतारका कारण अनावश्यक ध्वनी प्रदूषण गराउँदा समस्या भएकाले हर्न निषेधित क्षेत्र बनाउन आवश्यक पहल गरिएको उनको भनाइ छ ।
प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’ सम्बन्धी सूचना राखेको छ । प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गर्दै सूचना बोर्डहरू राखिएको जानकारी दिए ।
आँबुखैरेनीका विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने
आँबुखैरेनी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका सामुदायिक विद्यालयमा नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रहरी विद्यालय सम्पर्क पुस्तिका समावेश गर्ने सहमति भएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानबीच विद्यालयमा उक्त पुस्तिका समावेश गर्ने बारेमा सहमतिपत्रमा हस्ताक्षर गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क पुस्तिका २०८०’ मा उल्लेख गरिएका सामग्री गाउँपालिकाभित्रका सबै विद्यालयका पाठ्यक्रममा समावेश गर्ने सहमति भएको अध्यक्ष चुमानले जानकारी दिए ।
यस पाठ्यपुस्तकले विद्यार्थीमा कानुनी चेतना, सामाजिक उत्तरदायित्व र सुरक्षाबारे जानकारी बढाउने विश्वास लिइएको उनले बताए । उनले भने, “गाउँपालिकाले आगामी दिनमा प्रहरी र विद्यालयसँग सहकार्य गर्दै शिक्षालाई अझ सुरक्षित, सशक्त र जिम्मेवार बनाउने मार्गमा अघि बढेको छ ।”
यो पाठ्यपुस्तकले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुवेदीले बताए । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।रासस

वि.सं.२०८२ वैशाख १० बुधवार १५:१५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...