back

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार

237 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल ८३ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज लगानी समूह सबैभन्दा बढी दुई दशमलव चार प्रतिशतले बढ्दा हाइड्रोपावर शून्य दशमलव २२, व्यापार शून्य दशमलव ३९ र बैंकिङ शून्य दशमलव शून्य तीन प्रतिशतले बढेका छन् ।

विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव १६, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ वैशाख ११ बिहीवार १६:४४ मा प्रकाशित

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा पछिल्लो पाँच कारोबार...

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८...

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति...

नीति तथा कार्यक्रम : खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी, नेप्सेको पुनःसंरचना गरिने

नीति तथा कार्यक्रम : खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी, नेप्सेको पुनःसंरचना गरिने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति र खराब...

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

काठमाडौँ । सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी...