back
CTIZAN AD

मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत

वि.सं.२०८२ वैशाख १७ बुधवार

576 

shares

महोत्तरी । बटुवालाई आज सातु र सर्वतले स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातुसर्बत प्रदान गरिएको छ ।

गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरिच एवं शीतलजल मिसाएर बनाइएको सर्वत दान गर्दा कहिल्यै नाश नहुने पुण्य आर्जन हुने जनविश्वास छ । पर्वमा कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गरिन्छ । मिथिला क्षेत्रका गाउँबस्तीका चोकचोकमा मैथिल र मिथिलानी सातुसर्वत लिएर बसेका छन् ।

“गर्मी छ, बाटो हिँड्नेले समयमा भोजनपानी समयमा पाउँदैनन्,”, बटुवालाई सातु, सर्वत खुवाइरहेकी भङ्गाहा-४ रामनगरकी ७५ वर्षीया जानकीदेवी भन्छिन्, “बटुवाले गर्मीमा सातु, सर्वत खान पाउँदा आशिष दिन्छन्, ।”

यो पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि छ । मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा गरिएको बताउँछन् । भगवान् शिव र पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण तथा गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गरेमा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता रहेको उनको कथन छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक जौँको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहलगायत शुभकार्यका लागि साइत हेर्न नपर्ने मैथिल मान्यता छ ।रासस

वि.सं.२०८२ वैशाख १७ बुधवार १०:५३ मा प्रकाशित

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा देवचुली नगरपालिका...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...