back
CTIZAN AD

कास्कीका किसानलाई यस वर्ष रसायनिक मल अभाव नहुने

वि.सं.२०८२ वैशाख २० शनिवार

780 

shares

लेखनाथ (कास्की) । कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यसवर्ष असारसम्म पुग्ने मल मौज्दात रहेकाले विगतमा जस्तो यस वर्ष मल अभाव नहुने भएको हो ।

हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डिएपी ११६ मेक्ट्रिक टन र पोटास ३.५ मेक्ट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले दिनुभयो । कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन् । किसानले पोखरा महानगरपालिकाभित्र युरिया रु २१.५, डिएपी रु ५०.५ र पोटास रु ३८.५ तिर्नुपर्ने हुन्छ । पोखराबाहिरको हकमा भने ढुवानीवापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ ।

कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कूल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन् । रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि रु २५ हजार धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ । कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा वढी सहकारीको आवेदन फरेको बास्तोलाले जानकारी दिए ।
रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ । समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ । समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।

 

वि.सं.२०८२ वैशाख २० शनिवार १६:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...