back
CTIZAN AD

चीनमा डुङ्गा डुब्दा ९ जनाको मृत्यु, दर्जनौँ घाइते

वि.सं.२०८२ वैशाख २२ सोमवार

1K 

shares

बेइजिङ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार यात्रुहरू बोकेका डुङ्गाहरू आइतबार दिउँसो गुइझोउ प्रान्तको किआनक्सी शहरको एक नदीमा पल्टिँदा ८४ जना पानीमा खसेका थिए ।

सोमबार बिहानसम्ममा नौ जनाको मृत्यु भएको, ७० जनालाई अस्पतालमा भर्ना गरिएको र चार जना सकुशल रहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । एकजना बेपत्ता छन् ।

चिनियाँ राष्ट्रपति सी चिनपिङले घाइतेहरूको खोजी र उद्धार कार्य तथा उपचारमा ‘सबै प्रयास’ गर्न आग्रह गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सीले पर्यटक आकर्षणहरू र अन्य ठूला सार्वजनिक स्थलहरूमा सुरक्षा उपायहरू सुदृढ पार्ने महत्त्वलाई पनि जोड दिएको एजेन्सीले बताएको छ ।

उपप्रधानमन्त्री झाङ गुओचिङलाई उद्धार कार्यको निरीक्षण गर्न घटनास्थलमा पठाइएको सरकारी राज्य सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

अनुसन्धानले डुङ्गाहरूमा यात्रुहरूको अधिक सङ्ख्या नभएको पत्ता लगाएको सिसिटिभीले जनाएको छ ।

आइतबारको घटना मध्य चीनमा डुङ्गा ठोक्किएर ११ जनाको ज्यान गएको घटना भएको झण्डै दुई महिनापछि आएको हो ।

हुनान प्रान्तमा एउटा यात्रु डुङ्गा औद्योगिक जहाजमा ठोक्किएपछि १९ जना पानीमा खसेपछि दुर्घटना भएको थियो ।एएफपी/फोटो : सिन्ह्वा

वि.सं.२०८२ वैशाख २२ सोमवार १५:०६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...