back
CTIZAN AD

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

वि.सं.२०८२ वैशाख २३ मंगलवार

570 

shares

रुपन्देही । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३ बैङ्करोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा पर्यो । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना तिरायो ।

सो फार्मेसी सोही नगरको वडा नं. ५ की वडा सदस्य किरणदेवी सुनारको हो । सुनारले आफैँले बनाएको नियम आफैँले उल्लङ्घन गरेपछि जरिवाना तिरीन । उनले भनीन, ‘फार्मेसी मेरो हो । फार्मेसीका कर्मचारीले गल्ती गरे । जरिवाना मैले तिरेकी छु ।’

नगरले जरिवाना लिन थालेपछि पछिल्लो समय वडा नं ५, १२ र १३ पहिलेको तुलनामा सफा भएको सुनार बताउँछिन् । उनले भनिन् ‘नगरको जरिवाना अभियानले नगर सफा र सुन्दर हुन थालेको छ ।’

नगरपालिकाले फोहोरमैला, छाडा चौपाया, दर्ताबिना सञ्चालित ई–रिक्साको व्यवस्थापनमा कडाइ गरेको हो । पटक पटक आग्रह गरे पनि अटेर गर्नेलाई जरिवाना असुल गर्न सुरु गरेको हो । नगरले कार्यविधि नै बनाएर सबैलाई नियम पालना गराउने योजना बनाएको छ ।

फोहोरमैला जथाभावी फाल्नेहरु हालसम्म ११ जनालाई जरिवाना गराएको छ । जरिवानाबापत ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दर्ताबिना नगरमा सञ्चालित ई–रिक्सा चालक पनि कारबाहीमा परेका छन् । नगरले आफ्नो क्षेत्राधिकारमा पर्ने ई–रिक्सा दर्ता प्रक्रियाका लागि पटकपटक सूचना जारी गर्दासमेत अटेर गर्ने ३५ वटा ई–रिक्सा चालकबाट जरिवाना असुलेको हो । प्रतिचालक ५ हजार रुपैयाँका दरले जरिवाना लिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । नगरको आग्रहलाई अटेर गरी सञ्चालन गरिरहेका ई–रिक्सा दैनिक ५ वटाको हाराहारीमा कारबाहीमा पर्ने गरेको सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए ।

गत महिना नगरको वडा नं ४ की ९ वर्षीया एक बालिका खेल्दै गरेको स्थानबाट हराइन् । हालसम्म ती बालिकाको अवस्थाबारे केही पत्ता लागेको छैन । ती बालिका ई–रिक्सामा चढेको देखिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन् । उनले भनिन्, ‘दर्ता नभएको रिक्सा भएकाले पत्ता लगाउन गाह्रो भयो । त्यसैले दर्ता अति आवश्यक छ ।’

हालसम्म ई–रिक्सा व्यवस्थापनका लागि नगरले कार्यविधि बनाएको छैन । हालसम्म नगरमा ६३५ वटा ई–रिक्सा दर्ता भई सञ्चालनमा छन् ।
त्यसैगरी, दुर्घटनाका कारकमध्ये छाडा चौपायालाई सडकमा जथाभावी छाड्नुलाई पनि मानिन्छ । समय नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत माघदेखि अभियान सञ्चालन गरेको हो ।

हालसम्म ४ जनालाई चौपाया छाडा जथाभावी छाडेबापत ७ हजार रुपैयाँका दरले जरिवाना लिएको राजस्व शाखा अधिकृत कमलकान्त खनालले बताए । हालसम्म ११५ वटा मरेका गाई–गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले जानकारी दिएका छन् ।

स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकका लागि ७ हजार रुपैयाँ जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

वि.सं.२०८२ वैशाख २३ मंगलवार १६:२४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...