back
CTIZAN AD

आज ९५ औँ किराँत समाज सुधार दिवस

वि.सं.२०८२ वैशाख २४ बुधवार

693 

shares

काठमाडौं । किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी आज ९५ औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् ।

विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रे चौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेका किराँत ज्योतिष सङ्घका अध्यक्षसमेत रहेका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले जानकारी दिए ।

किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्मावलम्बीका संस्कारमा जाँडरक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला सञ्चालन गर्ने, छोरीको विवाह छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११ औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा सार्वजनिक गरिएको थियो ।

एक वर्षमा अरु सुधारका तीन बुँदा थपिएको शेर्माले जानकारी दिए । थपिएका बुँदामा उत्तरायण हुने माघ १ गते उँभौली, दक्षिणायत हुने साउन १ गते उँधौली पर्व मनाउने र जहाँसुकै धान नाच ननाच्ने निर्णय पनि किराँत महासभाबाट भएको थियो ।

विसं २०७८ को जनगणना अनुसार १० लाखभन्दा बढी किराँत समुदाय देशभर बसोबास गर्छन् । पूर्वी पहाडी जिल्लामा किराँत समुदायको बाक्लो उपस्थिति छ । सुधारको घोषणा गरिएको शताब्दी वर्ष विशेष मनाउने गरी नयाँ सुधारका बुँदा तयार गर्ने गरी गृहकार्य समेत सुरु भइसकेको धर्मगुरु शेर्माले बताए ।

किराँत समुदायमा सुधारको घोषणा गर्ने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६ औँ राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

यसैगरी विसं १९८८ वैशाख २४ गते किराँत धर्मगुरुहरुको महासभा बसी ‘सत्यधर्म मुचुल्का’ जारी भएको पाँचथरको रानीटारको शिरमा रहेको लोब्रेकुटीमा विसं २०७१ वैशाख २४ गते किराँत समाज सुधार स्तम्भ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनावरण गरेका थिए । यो ठाउँलाई किराँत धर्मावलम्बीले पवित्र तीर्थस्थलका रुपमा मान्ने गर्छन् । महागुरु फाल्गुनन्द कुटी बनाई तपस्या गरेको स्थलका रूपमा पनि यो ठाउँ परिचित छ ।

लोब्रे कुटी भएको स्थल रमणीय ठाउँमा रहेकाले धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्न सकिने किराँत समुदायका अगुवाको माग छ ।रासस

वि.सं.२०८२ वैशाख २४ बुधवार १५:५२ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...