back
CTIZAN AD

एमाले युवाबिच आपसमा हानाहान : गण्डकी प्रदेश सदस्य पौडेल घाइते

वि.सं.२०८२ वैशाख २४ बुधवार

1.1K 

shares

पर्वत । पर्वतमा एमाले दुई समूहबिच झडप हुँदा एक युवा घाइते भएका छन् । पार्टी कार्यालय कुस्मामा बुधवार युवा संघको अधिवेशनको विषयलाई लिएर दुई पक्षबिच झडप भएको हो । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवं युवा संघका नेता अर्जुन पौडेलको टाउकाेमा चोट लागेको छ ।

अधिवेशन आज गर्ने र नगर्ने भन्ने विषयमा दुई पक्षबिच विवाद चर्किँदै जाँदा झडप भएको विशेष स्रोतले जनाए । स्रोतका अनुसार पूर्व मन्त्री पदम गिरी समूहले राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समूहका पौडेलको टाउको टाउकोमा प्रहार गरेका हुन् ।

उनको स्थानीय मेडिकल शान्तिदीपमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।  गिरी पक्षले युवा संघको अध्यक्ष विनोद थापा भए पनि उपाध्यक्ष आशिष् श्रेष्ठको अध्यक्षता र उपसचिव ध्रुव श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो । पार्टी कार्यालयमा सुरक्षा घेराबिच गिरी पक्षले कार्यक्रम गरिरहेको छ ।

तिमिल्सिना पक्षका युवाले अधिवेशन रोक्न माग गर्दै कार्यक्रम स्थलमा पुगेपछि दुई पक्षबिच हानाहान भएको स्रोतले बताएको छ ।

वि.सं.२०८२ वैशाख २४ बुधवार १६:१३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...