back
CTIZAN AD

पर्वत एमाले झडप : पार्टीका जिल्ला अध्यक्ष नै अस्पताल भर्ना

वि.सं.२०८२ वैशाख २४ बुधवार

1.4K 

shares

पर्वत । राष्ट्रिय युवा संघ नेपालको अधिवेशनलाई लिएर नेकपा एमाले पार्टी कार्यालय पर्वतमा भएको झडपमा परी घाइते भएका एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी अस्पताल भर्ना भएका छ्न ।

उनको अहिले प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । पहाडीको छाती र टाउको दायाँ भागमा समस्या देखिएकोले उपचारका लागि अस्पताल भर्ना गरिएको सचिव सुवासचन्द्र पौडेलले जानकारी दिए ।

झडपलाई छुट्यान खोज्दा उनी माथी नै मुक्का प्रहार भएको बताइएको छ । आज पर्वत एमालेमा राष्ट्रिय युवा संघ नेपाल पर्वतको ९ औं अधिवेशनलाई लिएर विवाद हुँदा दुई समुह बीच झडप भएको थियो ।

यसअघि अधिवेशनको विषयलाई लिएर भएकाो झडपमा एमाले गण्डकी प्रदेशका सदस्य एवं युवा संघका नेता अर्जुन पौडेलको टाउको फुटेको भन्दै अस्पतालमा भर्ना भएका छन् ।

अधिवेशन आज गर्ने र नगर्ने भन्ने विषयमा दुई पक्षबिच विवाद चर्किँदै जाँदा झडप भएको बुझिएको छ । पूर्व मन्त्री पदम गिरी समूहले पौडेलको टाउको फुटाएकाो राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समूहले आरोप लगाएको छ ।

गिरी पक्षले युवा संघको अध्यक्ष विनोद थापा भए पनि उपाध्यक्ष आशिष् श्रेष्ठको अध्यक्षता र उपसचिव ध्रुव श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।

तिमिल्सिना पक्षका युवाले अधिवेशन रोक्न माग गर्दै कार्यक्रम स्थलमा पुगेपछि दुई पक्षबिच हानाहान भएको स्रोतले बताएको छ ।

वि.सं.२०८२ वैशाख २४ बुधवार १७:१४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...