back
CTIZAN AD

हुसेनलाई परिचालित नहुन क्रान्तिकारीका सापकोटाको चेतावनी

माओवादीमा वाइसिएल र विद्यार्थी नेताबिच फेसबुके युद्ध

वि.सं.२०८२ वैशाख २५ बिहीवार

17.1K 

shares

काठमाडौँ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटाले वाइसिएल नेपालका केन्द्रीय सदस्य हुसेन मियालाई परिचालित भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादीका नेता कार्यकर्तालाई खरो रुपमा सचेत गराउँदै आएका मियामाथि सापकोटाले ‘धेरै परिचालित नभएको ठिक’ भनेर आरोप लगाएका हुन् ।

मियाले अखिल क्रान्तिकारीका नेताहरु मिडियामा छाउन् सर्वसाधारण जनताले समेत चिनोस्, भन्ने उद्देश्य राखेर फेसबुक स्टाटसमार्फत सचेत गराउने प्रयास गरेका थिए । माओवादीको पक्षमा निडरताका साथ निरन्तर फेसबुकमा लेख्ने, माओवादी विरुद्ध बोल्ने लेख्ने विपक्षीहरुसँगको प्रतिवादमा अरिङ्गाल झै खनिने गरेका मियामाथि अखिल क्रान्तिकारीलाई सचेत गराएकोे प्रतिउत्तरमा सापकोटाले परिचाालित भएको आरोप लगाएका छन् ।

मियाले बुधबार ‘अखिल क्रान्तिकारीका विद्यार्थी भाइबैनाहरुको न टिभिमा एउटा अन्तर्वार्ता आउँछ, पत्रपत्रिकामा लेख त दुर कि बात भैगो । न संजालमा पार्टीलाई टेवा पुग्नेखालको कुनै क्रिया÷प्रतिक्रिया नै सुनिन्छ । उही आफैलाई बढाई चढाइ गर्ने । फोटो, रिल्स र टिकटक बाहेक अर्थोक केही देखिन्न । यो उमेरहद सांच्चिकै गलत थियो कि क्या हो । भनेर पहिलो स्टाटस लेखेका थिए । उनले ‘धेरै जनाले मलाइ सोध्ने प्रश्न । दाई अखिल क्रान्तिकारि अध्यक्षको भाषण अथवा अन्तर्वार्ता सुनौं न, कतै लिंक भए पठाइदिनुस न ! मैले नै सुन्याछैन तपाइलाई के सुनाउनु !’ भन्ने पनि दोस्रो स्टाटस लेखेका थिए । त्यस पश्चात सापकोटाले पनि मिया लक्षित जवाफी स्टाटस लेखेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष सापकोटाले आफ्ना विचार, भाषण अनर्गल युटुवेसँग नभइ कक्षाकोठामा विद्यार्थी माझ हुने प्रतिक्रिया दिएका छन् । उनले स्ववियु निर्वाचन लगत्तै, अब आफूहरुको संगठन प्रत्येक विश्वविद्यालय, प्रत्येक क्याम्पसमा कक्षा–कक्षा कोठमा पुग्ने भन्दै बलियो संगठन निर्माणको कार्ययोजना सँगसँगै शैक्षिक एजेन्डा निर्माणमा लागेको बताएका छन् ।

सापकोटाले यस अघि लेखेका थिए ‘संगठनमा २३औँ राष्ट्रिय सम्मेलनमा एकैपटक करिब सात सय भन्दा बढी नेता साथीहरू उमेरहदबाट विदा हुनुभयो जो यो संगठनमा १५/२० बर्ष योगदान गरिराख्नुभएको थियो, त्यस्तै छ सय भन्दा बढी चुनावी प्रक्रियाबाट बाहिरिनुभयो । यो खाली स्पेसलाई मिलाउन नपाउदै हामी स्ववियु निर्वाचनमा होमियौ । तपाई हामी सबैको साथसहयोगले सन्तोषजनक नै रिजल्ट आएको छ ।’

उनले लगत्तै थपेका छन्, ‘स्ववियु निर्वाचन लगत्तै, अब हामी हाम्रो संगठन प्रत्येक विश्वविद्यालय, प्रत्येक क्याम्पसमा कक्षा–कक्षा कोठमा पुग्ने र बलियो संगठन निर्माणको कार्ययोजना सँगसँगै शैक्षिक एजेन्डा निर्माणमा लागेका छौँ । मुख्य कुरा पहिला संगठनलाई बलियो बनाउने हो । हाम्रा विचार, हाम्रा भाषण कक्षाकोठामा विद्यार्थी माझ हुन्छन् । नाकि अनार्गल युट्यूबे सँग अन्तर्वार्ता दिइराख्नुपर्छ भन्ने छैन । हामी हाम्रो संगठन बलियो र सशक्त बनाइ शैक्षिक एजेन्डा सहितको बिद्यार्थी आन्दोलन उठाउने छौँ र उठाउँछौँ, उठाउँछौँ ।’

यता हुसेनले तेस्रो स्टाटस लख्दै अलिकती आलोचना सहन नसक्ने केको नेता ! जागिरे बने भैगो नि ! सापकोटालाई ट्याग गर्दै हो हो म परिचालित नै हो । एमालेले मलाइ तपाइका विरुद्ध परिचालन गरेको भनेका छन् । उनी त्यतिमा मात्र रोकिँदैनन् र लेख्छन्, ‘अरुपार्टिका विद्यार्थी नेताहरु आफ्ना अध्यक्ष र पार्टिका विरुद्ध कसैले अलिकती केही बोल्यो कि तल्लो स्तरमै उत्रेर जाइलाग्छन । बिचरा हाम्रा ! जिउंदा हुन कि मरेका हुन् अत्तोपत्तो हुंदैन । अझ उनैका ठुला कुरा ! दाबिका साथ भन्छु, हामी सिमित ब्यक्तिले धानेको सामाजिक संजाल हो । बीउ, बतिलाहरुले हामीबाट सिकुन् ।’

‘धेरै परिचालित नभएको ठिक छ’ भन्ने वाक्यासं भने म्यासेन्जर संबादको क्रममा सापकोटाले प्रयोग गरेको मियाले बताएका छन् । त्यही म्यासेन्जर संववादको अंसलाई मियाले स्टाटसमा कमेन्टका रुपमा पोष्ट गरेका छन् ।

 

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:२३ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...