back
CTIZAN AD

‘घुमौँ सौराहा’ अभियानलाई निरन्तरता दिइँदै

वि.सं.२०८२ वैशाख २५ बिहीवार

819 

shares

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् ।

चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित भएको थियो । हाल स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिइएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकास पाण्डेले जानकारी दिए ।

उनले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहासहित चितवनको पर्यटनलाई थप उचाइमा पु¥याउने उद्देश्यले अभियान सुरु गरिएको बताए ।

स्थानीय सरकारको रूपमा रहेको रत्ननगर नगरपालिका, रत्ननगर पर्यटन प्रवद्र्धन समिति, क्षेत्रीय होटल सङ्घ चितवनसहित पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहकार्यमा अभियानलाई निरन्तरता दिइएको उनकोे भनाइ छ । “चितवन भित्रिने पर्यटकको सङ्ख्या दोब्बर बनाउने उद्देश्यका साथ दोस्रो पटक सुरु गरिएको अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएका छौँ,” उनले भने, “अभियानले पर्यटन क्षेत्र थप चलायमान बन्नेछ ।”

अभियानमा निस्किएका जनप्रतिनिधि, व्यवसायी तथा संरक्षणकर्मीको टोलीलाई रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बिदाइ गरे । पश्चिम नेपालका तीन वटा प्रदेश अन्तर्गतका मुख्य सहरमा पुगेर सरकार प्रमुखसहित जनप्रतिनिधि, व्यवसायीसँग अन्तरक्रिया गरी सौराहा आउन पर्यटकलाई आह्वान गर्ने पाण्डेले जानकारी दिए ।

व्यवसायीको टिम लम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रमुख शहर तथा पर्यटकीय स्थलमा पुग्ने जनाइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर र कन्चनपुरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ ।

घुमौँ सौराहा, चितवनमार्फत पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको सङ्घका उपाध्यक्ष तथा घुमौँ सौराहाका संयोजक गुणराज थपलियाले बातए । रत्ननगर पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भेषराज दुवाडीले सौराहाको पर्यटनलाई ब्राण्डिङ् सुरु गरिएको जानकारी दिए ।

 

वि.सं.२०८२ वैशाख २५ बिहीवार १५:२९ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...