back
CTIZAN AD

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

वि.सं.२०८२ वैशाख २५ बिहीवार

1.1K 

shares

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको पाँचौँ कृति सार्वजनिक भएको छ ।

अनेसास न्यूयोर्क च्याप्टरले हालै आयोजना गरेको कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवद्र्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ र सर्जक स्वयमले कविता कृति “सगरमाथाको आर्तनाद” सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार पूजाले राम्रा कवितालाई सहजै परिभाषित गर्न नसकिने र नहुने बताउदै पाठक र समालोचकलाई मनन् र मुल्याङ्कन गर्ने जिम्मा दिनुपर्ने बताए । उनले न्यूयोर्क च्याप्टरको कार्यको प्रशंसा गर्दे अनेसासले भूगोलका कुनाकुनासम्म फैलिएका नेपाली भाषीलाई जोड्ने काम गरेको बताए ।

साहित्यकार आनन्द श्रेष्ठले कृतिको समीक्षा गरेका थिए भने राजेन्द्र श्रेष्ठले कृति सफलताको कामनासहित संग्रहबाट कविता वाचन गरेका थिए ।

कार्यक्रममा डा. गोविन्द कोइराला, शकुन ज्ञवाली, शारदा क्षेत्री, गायिका लक्ष्मी गिरी, भरत शाक्य, ज्योति राई, कमला प्रसाई, मंगलदास श्रेष्ठ, राजन महर्जन, हजुरी शाह कडेल, मीनलाल नकर्की, संगीता उप्रेती, ध्रुव श्रेष्ठ, हरिश हमाल, मनोज खनाल, यम अधिकारी, बिमला हमाल, ज्योति पौडेल, किशनसिह धामीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तारा–किशन फाउण्डेशनका तर्फबाट किशन सिह धामीले सर्जक लक्ष्मी श्रेष्ठ र शारदा क्षेत्रीलाई सम्मान गरिएको उक्त कार्यक्रममा उपस्थित अधिकांशले सर्जक श्रेष्ठलाई खादा र पुष्पगुच्छाले सम्मानित गरेर खुशी व्यक्त गर्दै निरन्तर लेखन जीवनको कामना गरेका थिए ।

अनेसास न्यूयोर्क च्याप्टरका तर्फबाट शकुन ज्ञवाली र लक्ष्मी श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि गोवद्र्धन पूजालाई सम्मान– पत्र, दोसल्ला र भादगाउले कालो टोलीले सम्मान गरेका थिए भने उनकी पत्नी कुशल श्रेष्ठलाई दोसल्लाले सम्मानित गरिएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रमलाई महासचिव नदीया लिवाङले सञ्चालन– संयोजन गरेकी थिइन् । कृतिमा ५२ थान कविता रहेका छन् ।

 

 

 

वि.सं.२०८२ वैशाख २५ बिहीवार १५:२९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...