back

धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरुको माग

वि.सं.२०८२ वैशाख ३० मंगलवार

294 

shares
IME Limited
NTC AD

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे ‘सुनसरी उद्योग वाणिज्य सङ्घ’ले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरुले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएको हो ।

सङ्घले धरानको खानेपानीको विवाद, खानेपानीको अभाव, वन क्षेत्रका सतहमुनि अथाह पानी रहेको, सहतमुनिको पानी धरानका जनताले उपभोग गर्न नपाएको, उद्योग व्यवसायीलाई पनि समस्या भएको, धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भएको र धरानको खानेपानीको विषयमा समितिले अनुगमन गर्नुपर्ने विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो ।

त्यसैगरी, समितिमा मकवानपुर उद्योग वाणिज्य सङ्घले यही वैशाख २५ गते पूर्व पश्चिम राजमार्गको हेटौँडाको रातोमाटेदेखि चौकोटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका स्थायी बासिन्दा मर्कामा परेका सडकका पुस्तौँ पुस्तादेखि बसोबास गर्दै आएपनि जग्गाधनी प्रमाणपूर्जा निजका स्वामित्वमा भएको लगायतका विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो । सो विषयमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत सरोकारवाला निकायलाई आमन्तत्रण गरेर छलफल गरी समस्याको समाधान गर्नुपर्ने जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले धरानवासीको खानेपानीको समस्या समाधान गर्न समितिले सरोकारवालासँग छलफल गर्नुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले धारानवासीको खानेपानीको विवादको विषयलाई विस्तृत रुपमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए । समितिले आज वार्षिक प्रतिवेदन–२०८१ परिमार्जनसहित पारित गरेको छ ।

 

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:३८ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र...