back
CTIZAN AD

महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह

वि.सं.२०८२ वैशाख ३० मंगलवार

639 

shares

काठमाडौँ । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२÷८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।

सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न सङ्घीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद पूजा चौधरीले तराई–मधेशमा डेङ्गु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गरे ।

सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुङ्ग्याउन आग्रह गरे । सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका लागि अनुरोध गरे ।

सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराए । सांसद विष्णुकुमारी सापकोटाले रुस–युक्रेन युद्धमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।

सांसद विष्णुबहादुर विश्वकर्माले सप्तरीको सुरुङ्गा नगरपालिकाकी पूजाकुमारी रामको बलात्कारपछि हत्या गरिएको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे । सांसद श्रीकृष्णप्रसाद अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारको उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सावित्री मल्लले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरे ।

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:४९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...