back
CTIZAN AD

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

वि.सं.२०८२ वैशाख ३१ बुधवार

750 

shares

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद गरेको आरोप लागेको छ ।

एम बि ए फाईनान्सको शैक्षिक अवलोकन भ्रमणका क्रमामा जातीय अपमान सहित प्राध्यापक डा. देवीलाल शर्माले आपत्तिजनक शब्द बोलेर विभेद गरेको विद्यार्थीहरुले आरोप लगाएका हुन् ।

एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अमन परियारलाई जातीय विभेदजनक “दमै गुको लेडो, जात नभएको, जात जनायो” यस्ता अपमान जनकको भाषा प्रयोग गरेर गाली गलौच गरेकोमा दलित विद्यार्थी समाज, स्वतन्त्र विद्यार्थी युनियन र तेराइ ल स्टुडेण्ट एशोसियसनले आ आफ्नो विज्ञप्तिी जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ’शैक्षिक यात्राको नाममा गरिएको विभेद हाम्रो आत्मसम्मानमाथि प्रहार हो र यस्ता घटनाको अन्त्य हुनुपर्छ ।’ त्यस्तै, स्ववियुका अध्यक्ष विष्णु पोखरेलले पनि विज्ञप्ति मार्फत भनेका छन्, ’क्याम्पस जस्तो शैक्षिक स्थलमा यस्ता जातीय टिप्पणी गर्नु निन्दनीय छ । सम्बन्धित शिक्षकमाथि कारबाही हुनुपर्छ ।’

सो घटनापछि क्याम्पसले शर्मालाई जिम्मेवारीबाट हटाएको छ । क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पत्र पठाएर निलम्बनको जानकारी गराएका हुन् ।
पत्रमा भनिएको छ, ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईँलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको ब्यहोरा जानकारी गराइन्छ ।’1

23

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:०० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...