back

बाँझो बारीमा आलुखेती गर्दै पालिका

वि.सं.२०८२ वैशाख ३१ बुधवार

306 

shares
IME Limited
NTC AD

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।

मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन गरेर आलुखेती हो ।

व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिद गर्न पालिकाले रु ९५ हजार लगानी गरेको छभने प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले उक्त खेती गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको गुनासो आइरहेका बेला पालिकाले कृषिजन्य उत्पादनमूलक क्षेत्रमा परिचालन गरेको क्षेत्रीले बताए ।

मोदी गाउँपालिकाको वडा नं १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन् । लामो समयसम्म बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि जग्गा भाडामै लिएर आलुखेती गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले बताइन् । उनले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान सुनाइन् ।

पालिकाले हरेक वर्ष १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्दै आएको छ । उनीहरूलाई सडक मर्मत, गोरेटो तथा पदमार्ग निर्माण, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत तथा निर्माणलगायत काममा परिचालन गर्ने गरिएको छ । रासस/फाइल फाेटाे

 

वि.सं.२०८२ वैशाख ३१ बुधवार ११:४७ मा प्रकाशित

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...