back
CTIZAN AD

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

वि.सं.२०८२ वैशाख ३१ बुधवार

633 

shares

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ । त्यहाँको एक गेस्ट हाउसमा २०८१ चैत २९ मा एक महिलाको शव फेला परेको थियो । नुवाकोट घर भईर काठमाडौँ बस्ने आएकी २८ वर्षीया विमला तामाङ मृत भेटिएकी थिइन् ।

विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका हुन् ।

गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको हो । उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको खुल्न आएको छ ।

हत्या भएको ११ दिनपछि सडेगलेको अवस्थामा नुवाकोटको सुर्यगढी नगरपालिका घर भएर काभ्रेस्थली बस्ने विमलाको शव फेला परेको थियो । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...