back
CTIZAN AD

तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ नपर्दा …

वि.सं.२०८२ जेठ १ बिहीवार

654 

shares

गण्डकी । मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँको कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुरुङले बताए ।

पछिल्ला वर्षमा स्याउमा विभिन्न किसिमका रोग लाग्न थालेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा परिरहेको बताए । स्थानीयवासीका अनुसार पछिल्ला वर्ष तल्लो भेगमा हुने स्याउ क्रमशः माथिल्लो भेगतर्फ सर्दै गएको छ । विगत दुई दशककै अन्तरालमा यहाँको कृषि प्रणालीमा नै ठूलो परिवर्तन आइसकेको स्थानीयको अनुभव छ ।

दुई दशक अघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङसम्म पनि स्याउ खेती हुन छोडेको छ । विगतमा समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइसम्म स्याउ फल्ने गरेकोमा अहिले भने तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म उचाइसम्म स्याउ फल्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । विगतमा स्याउ राम्रै फल्ने मुस्ताङको लेतेमा जलवायु परिवर्तनकै कारण स्याउ विस्थापन नै भैसकेको उनले जानकारी दिए । लेते समुन्द्री सतहबाट दुुई हजार २०० मिटर उचाइमा रहेको छ ।

बर्षेनी बढ्दो तापमानका कारण कृषि प्रणालीमा नै धेरै प्रभाव परिरहेको जनाउँदै उनले पछिल्ला वर्षमा शमशितोेष्ण हावापानीमा पाइने किवी शितोष्ण हावापानी भएका मुस्ताङका लेते तथा घाँसामा फल्न थालेको जानकारी दिए ।

प्रमुख आत्रेयका अनुुसार बढ्दो तापमान बृद्धिसँगै स्याउ लगायतको खेती माथिल्ला भागमा सर्दै गएको वास्तविकतालाई दृष्टिगत गर्दै शितोष्ण बागबानी केन्दले उपल्लो मुस्ताङ क्षेत्रका स्थानीयलाई लक्षित गरी ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीमा शाखा विस्तार गर्ने तयारी गरिएको छ । “हामी उक्त क्षेत्रमा आवश्यक पर्ने स्याउ लगायत फलफूलका बिरुवा त्यहीँबाट नै स्थानीयलाई उपलब्ध गराउने सोच राख्दै फार्म निर्माणका लागि जग्गा प्राप्ती प्रक्रियालाई अघि बढाइसकेका छौं”, उनले भने, “उक्त क्षेत्रमा फार्म निर्माणका लागि लगभग आठ सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा नापी गरिसकिएको छ ।”

केन्द्रका तर्फबाट स्याउको विरुवाका साथै नासपाती, ओखर, खुर्पानी जस्ता फलफूका विरुवा उत्पादन गरि वितरण गर्ने गरिएको उनले जानकारी दिए । त्यस्तै स्याउबाली भित्र अन्य अन्तरवाली समेत गर्ने गरी विउविजन तयार गर्ने काम पनि केन्द्रबाट भैरहेको उनको भनाइ छ । पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएका छन् ।

मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको र पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेको स्थानीयले बताए । नेपालकै कम पानी पर्ने ठाउँका रुपमा चिनिएको मुस्ताङमा अहिले भने भारी वर्षा हुँदा समस्या परेको अर्का स्थानीय सुकबहादुर विक बताउँछन् । विगत तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ नपर्दा यहाँको स्याउ खेतीमा ठूलो असर परेको उनले बताए ।

विगतमा पानी नपर्ने भएकै कारण परम्परागत रुपमा निर्माण गरिका माटाका संरचना ठूलो जोखिममा परेका छन् । हिउँ नपरेकै कारण पानीका मुहान सुकेर बस्ती नै सानुपर्ने जस्ता गम्भीर समस्याहरू निम्तन थालेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीले बताइन् । स्याउ खेती सहित अन्य बालीनालीमा रोगको प्रकोप बढ्नुका साथै पुशपालन लगायतमा पनि समस्या बढ्न थालेको उनको भनाइ छ ।

नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि जलवायुु परिवर्तनको असर बढ्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू रहेको र माटोका छत भएका घरमा पानी पर्न थालेसँगै माटो पग्लिन थाल्दा समस्या बढेको ठिनीका युवा निरज थकालीले बताए । अत्यधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको हो । पानी पर्न थालेपछि माटाले छाइएका घरहरू चुहिन थालेको बताउँदै उनले पछिल्ला समयमा माटाका संरचना निर्माण गर्ने क्रम घट्दै सिमेन्ट तथा फलामको प्रयोग बढीरहेको बताए ।

जलवायु परिवर्तनको बढ्दो असरसँगै हिउँदमा सुक्खा पहिरो र वर्षामा भारी वर्षा गम्भीर चुनौतीका रुपमा देखिएको घरपझोङगाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । जलवायु परिवर्तनकै कारण काली नदीको बहाव बढ्दै जाँदा वर्षेनी तटबन्ध भत्काउने क्रम बढीरहेको उनले बताए । स्याउ लगायतका अन्य कृषि बालीमा परिरहेको जलवायुपरिवर्तनको असरलाई न्युनीकरण गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । रासस/फाइल फोटो

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०८ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...