back
CTIZAN AD

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

वि.सं.२०८२ जेठ १ बिहीवार

753 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताए । सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उनले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए ।

“मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन”, उनले भने ।

नेपाल कम्यनिष्ट पार्टी (एमाले) की सांसद सम्झना थपलियाले कमला नदी भत्किएकाले यात्राका क्रममा जनताले सास्ती खेपिरहेका भन्दै सरकारको ध्यान जानुपर्ने बताए ।

कांग्रेसकी सांसद सरस्वती बजिमयले वर्षायामको सुरुआत हुन लाग्दा बाढी, पहिरोलगायत विपद् हुने जोखिममा जनता त्रसित भएका भन्दै वैशाख २९ गतेको वर्षाले खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लामा माथिबाट लेदो झरी सडक अवरुद्ध भएको बताए । वर्षा सुरु भएपछि उल्लेखित जिल्लाका बासिन्दालाई आवतजावत गर्न वैकल्पिक बाटोको व्यवस्था गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

एमालेकी सांसद सरस्वती सुब्बाले जलवायु परिवर्तनले हिउँ पग्लनेदेखि हिमताल फुट्ने जस्ता जोखिम बढ्दै गएका बताउँदै जलवायु परिर्वतनका असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

एमालेका सांसद सराज अहमद फारुकीले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य चौकीमा स्थानीयको पहुँच बढाउन, स्वास्थ्यकर्मीको क्षमता व्यवस्थापन, नियमित तालिमको व्यवस्थालगायत काम स्वास्थ्य मन्त्रालय प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिए ।

एमालेकी सांसद सरिता भुसालले गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोड्ने दुम्कीवास–त्रिवेणी खण्डको ट्र्याक २०६२ सालमा खनिए पनि अझै सम्पन्न हुन नसकेकाले यो सडक यथाशीघ्र निर्माण गर्न माग गरे ।

सङ्घीयताको कार्यान्वयनसँगै सुस्ता पालिकाका केही भूभाग गण्डकी प्रदेशले विनय त्रिवेणी पालिकामा समायोजन गरेपछि त्यहाँका वडा नं ६ र ७ का बासिन्दालाई सडक अभाव भएकाले सरकारलाई यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

वि.सं.२०८२ जेठ १ बिहीवार १५:२० मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...