back
CTIZAN AD

तीन पालिकामा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन

वि.सं.२०८२ जेठ ४ आइतवार

627 

shares

बैतडी । जिल्लाको पाटन नगरपालिका, सुर्नया र डिलाशैनी गाउँपालिकाका विभिन्न विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा रहेका छन् ।

तीनवटै पालिकामा सञ्चालनमा रहेका सूचना केन्द्र सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको नेपाल परिवार नियोजन सङ्घका वरिष्ठ शाखा प्रबन्धक वासुदेव विष्टले बताए । किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्यका धेरै विषयमा र बृहत् यौनिकता शिक्षाका विषयमा समेत जानकारी दिने गरेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।

उनले भनिन्, “किशोरकिशोरीमैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गरिरहेको छ ।”

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, अष्ट्रेलियन एड र नेपाल परिवार नियोजन सङ्घको सहयोगमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन भइरहेका हुन् । तर पछिल्लो समय सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएका छन् । नेपाल परिवार नियोजन सङ्घ पाटनका सभापति मानबहादुर चन्दले किशोरकिशोरीमैत्री सूचना केन्द्र विद्यालयमा आवश्यक रहेको र यी केन्द्रलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

केन्द्रलाई निरन्तर रूपमा सञ्चालन गरिने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए । उनले भने, “यौन तथा प्रजनन स्वास्थ्यका विषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रले सहयोग गर्नेछन्, साथै समाजमा रहेका विभिन्न हानिकारक चलन हटाउन पनि केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”

केन्द्रका लागि विद्यालयमा एउटा छुट्टै कोठा व्यवस्थापन गरेर किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अध्ययन गर्न सक्ने विभिन्न पाठ्यसामग्री राखिन्छन् । उक्त केन्द्रमा किशोर किशोरीले आफ्ना समस्याका विषयमा खुलेर छलफल गर्ने जनाइएको छ ।रासस/ सांकेतिक फोटो

 

वि.सं.२०८२ जेठ ४ आइतवार ०७:४९ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...