back
CTIZAN AD

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

वि.सं.२०८२ जेठ ५ सोमवार

759 

shares

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । कोभिड–१९ र विभिन्न समस्या देखाएर निर्माण कम्पनीले लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन ।

पूर्वाधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्र पुनले जानकारी दिए । चौँथो पटक म्याद थप गरेको अवधि गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उनको भनाइ छ ।

बहु वर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यसवर्ष पनि काम सकिने सम्भावना कम भएको इञ्जीनीयर पुन बताउँछन् । “यो सडकको काम २०७८ सालमै सकिनुपर्ने हो तर विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुनसकेको छैन, पहिले निर्माण कम्पनीले ढिला सुस्ती ग¥यो अहिले बजेट कम भयो, यसवर्ष त काम सकिन्छ, भन्ने थियो रु दुई करोड ५० लाख मात्रै बजेट प¥यो” उनले भने,“अहिलेसम्म साढे छ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।”

इञ्जिनियर पुनका अनुसार अझै साढे तीन किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडक पनि ग्राभेल गरिसकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहको उनको भनाइ छ । अहिले हटिया बजारदेखि जङ्घरासम्म कालोपत्र भएको उनले जानकारी दिए । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताए ।

दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीयको समस्यासमेत समाधान भएको उनको भनाइ छ । उनले भने,“गलकोट–ताराखोला सडकले दुई पालिका मात्रै जोडेको छैन, यसले म्याग्दी जिल्लालाई पनि जोडेको छ, राष्ट्रिय गौरवको आयोजनालाई पनि जोडेको छ, अझ यहाँका दर्जनौँ गाउँलाई बजारसँग पनि जोडेको छ, पहिले साँघुरो कच्ची सडकमा यात्रा गर्ने नागरिक अब पक्की सडकमा हिँड्न पाउने भएका छन् ।”रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ ५ सोमवार ०८:२६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...