back
CTIZAN AD

आगलागीका कारण १ लाख बराबरको क्षति

वि.सं.२०८२ जेठ ६ मंगलवार

615 

shares
सुरुङ्गा । झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा रु १० लाख ८० हजार बराबरको क्षति भएको हो ।
विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
कल्भर्टबाट लडेर मृत्यु
झापाको भद्रपुर नगरपालिका–१० निवासी निगे राईको लडेर मृत्यु भएको छ । भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
सडकबाट १० फिट अग्लो कल्भर्टबाट लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । बिहान ८ बजे घरबाट हिँडेका उनी के कारणले कल्भर्टबाट लडेका हुन् कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ जेठ ६ मंगलवार १५:२२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...