पोखरा । मङ्गलवार दिउँसो कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४।७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो १स्५९ बजे गएको पुष्टि भएको हो ।
भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लाहरूमा महसुस भएको स्थानीयले बताएका छन् । यसअघि गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
वि.सं.२०८२ जेठ ६ मंगलवार १५:३२ मा प्रकाशित






























