काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको छ ।
यसअघि गभर्नर कस्लाई बनाउने भन्ने विषयमा विवाद थियो । सहमति पश्चात, आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ ।
वि.सं.२०८२ जेठ ६ मंगलवार १५:४० मा प्रकाशित






























