back
CTIZAN AD

राजनीतिक भागबन्डामा चुनाव हारेका पौडेलको गभर्नरमा जित

वि.सं.२०८२ जेठ ७ बुधवार

1.4K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेले बाजी मारेका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । सिफारिस समितिले डा. विश्व पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो । डेपुटी गभर्नर निलम ढुङ्गानाले कायममुकायम गभर्नरको रूपमा राष्ट्र बैंकको कामकाज सम्हालिरहेकी थिइन ।

गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान छ । तर, डेढ महिनासम्मको सत्तापक्षको रस्साकस्सीपछि राष्ट्र बैंकले नयाँ गभर्नर पाएको हो ।

को हुन् पौडेल ?

नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।

पौडेल कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मान्छिन् । पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । जुनबेला प्रधानमन्त्रीमा देउवा नै रहेका थिए । अहिले पौडेललाई गभर्नर बनाउँदा समेत कांग्रेस सरकारमै रहेको छ ।

नवनियुक्त पौडेलको घर चितवन हो । उनले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् ।

सबैको लागि उत्प्रेरणाका स्रोत 

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका डा. विश्व पौडेल मंगलबार सिफारिस समितिको निर्णयले राष्ट्र बैंकको गभर्नर बनेका हुन् । उनलाई गभर्नर बनाउने विषयले काँग्रेस एमालेबिच खटपट ल्याएको थियो । अन्ततः काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीबीचको सहमतिपछि पौडेल गभर्नरमा नियुक्ति भएका छन् ।

डा. पौडेल गभर्नरमा नियुक्तको विषयमा सकरात्मक तथा नकरात्मक टिकाटिप्पणी भइरहेका छन् । चुनाव हारेका असक्षम व्यक्तिलाई गभर्नर बनाइएको भन्दै धेरैले सरकार र उनको आलोचना गरेका छन् । यद्यपी उनी चुनावमा हरेपनि उनको गभर्नरमा भएको इन्ट्रिले आम जनमानसलाई राम्रो उत्प्रेरणाको संदेश भने अवस्य दिन्छ ।

यसअघि चितवन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकोतर्फबाट उनी चुनावमा होमिएका थिए । तर, उनी रास्वपाका नेता हरि ढकालसँग पराजित हुनुप¥यो । डा.पौडेल निर्वाचनमा हारेको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ ।

मानव जीवन अनेक उतार–चढावले भरिएको हुन्छ । सफलता र असफलता, सुख र दुःख, जित र हार जीवनका अङ्गहरू हुन् । हामीमध्ये धेरैजसोले हारलाई अन्त्यको रूपमा लिन्छौं, तर वास्तविकता त्यस्तो होइन । हार्नु भनेको सर्वस्व गुमाउनु होइन, बरु त्यो अर्को सफलता र अवसरकोे सुरुवात हो । डा.पौडेल निर्वाचनमा हरेपनि उनको निरन्तरको कर्म र प्रयासले उनी नेपालको महत्वपूर्ण र सम्मानित पद गभर्नरमा नियुक्त हुन पुगे ।

हरेक व्यक्तिले हार अर्थात असफलताबाट नै सिक्ने गर्दछ । एउटा बच्चा पटकपटक लडेपछि मात्र बल्ल हिड्न सिक्द छ । यद्यपि डाक्टर पौडेलले निर्वाचनमा हारको सामाना गर्नुपरे पनि उनले जीवनका अनेक चरणमा जित हाँसिल गरेका छन् । उनका आलोचकहरुले त्यसको अध्ययन गरेको देखिँदैन ।

एउटा गाउँलाई मदिरा मुक्त बनाउने विषयमा सज्जनहरुको छलफल भयो । तर, त्यहाँ मदिरा खानेहरुको बाहुल्यता थियो । मदिरा मुक्त बनाउने विषय चरम उत्कर्समा पुग्यो । अन्ततः चुनव गरेर यो विषयलाई टुङ्गाउने समहति भयो । सहजै भन्न सकिन्छ चुनाव कस्ले जित्छ । यहाँ पौडेल हारेको विषयलाई पनि यहि गाउँसँग दाँज्न सकिन्छ । भलै हरिढकाल असक्षम अर्थात खराब पात्र भने होईनन् । तर, अर्थशास्त्रको सन्दर्भमाा डाक्टर पौडेल देशमै धेरै विज्ञता हासिल गर्ने र इमान्दार पात्रका रुपमा गनिन्छन् ।

पौडेलको ज्ञान, सिप, दक्षता, योग्यता र क्षमताका अगाडी झण्डा नै बोकाएर चुनावमा नहोम्याएको भएपनि हुन्थ्यो भन्ने एकथरी पनि छन् । विज्ञताको हिसाबले उनको उच्च सम्मान गर्दै कांग्रेसले चुनावमा ‘थर्ड रनअप’ लाई नेपाली नोठकै हस्ताक्षरकर्ता (गभर्नर) बनाएकोप्रति भने उनको बारेमा नजिकबाट अध्ययन गर्नेहरुले प्रशंसा गर्ने गरेका छन् ।

अर्को एक प्रमाण पनि छ, ‘भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्त भएपछी संसारकै सबै भन्दा लामो तत्कालिन समयमा उत्कृष्ट लोकतान्त्रिक संविधान लेख्ने डा.भिमराम अम्वेडकर पनि लोक सभाको निर्वाचनमा दुई पटक हारेका थिए । चुनाव हार्ने र जित्ने विषयले व्यक्तिको क्षमता निर्धारण गर्दैन् ।

पौडेल गभर्नरमा नियुक्तिपछि प्रतिक्रिया दिँदै भनेका छन्, ‘म नियामक निकायमा रहँदा स्वतन्त्र भएर काम गर्छु ।’ उनको नियुक्तले अर्थ क्षेत्रमा खुसीको बहार ल्याएको छ । तर, उनले नेपााली अर्थतन्त्रमा के कस्तो राम्रा काम गर्न सक्छन् । त्यो उनको कर्मले देखाउला । जसरी भारतको इतिहासमा दुई पटक चुनाव हारेर पनि उत्कृष्ट काम गरेका अम्वेडकरको चर्चा विश्वभर छ । त्यसरी नै आफू पदमा रहँदा उत्कृष्ट काम गरेर आम नेपाली जनता र भावी सन्ततीको उत्प्रेरणाको स्रोत बनिरहने वा नबन्ने डाक्टर पौडेलकै हातमा छ ।

याे पनि पढ्नुहाेस्
नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त 

वि.सं.२०८२ जेठ ७ बुधवार १२:२७ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...