back

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

वि.सं.२०८२ जेठ ७ बुधवार

321 

shares
IME Limited
NTC AD

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन् ।

जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आँफूले पहल थालेको जानकारी दिए । उनले भने, “आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारीक रूपमा आग्रह गर्दै छौँ ।” जिल्लाका सात पालिकाका प्रमुख एबं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टीले विश्वकै उत्कृष्ठ गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताइन् । भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रूपमा मनाएको थियो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताए । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटक यहाँ आउने गरेको उनी बताउँछन् ।

सरकारको १०० गन्तव्यमा २० हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने उत्कृष्ट गन्तव्यमा मेघौलीलाई समावेश गरिएको छ ।

पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्रकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्य, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधार भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताए ।रासस

 

वि.सं.२०८२ जेठ ७ बुधवार १३:२७ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...