back
CTIZAN AD

‘स्थानीय आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार

459 

shares

डुम्रे (तनहुँ) । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले गर्न सकिएमा बेथिति अन्त्य गर्न सकिन्छ भने ।
प्रवक्ता डा महतले भने, “अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ भनेर आत्मसात गरी कर्तव्यबोध हुनुपर्छ । माथिल्लो तहदेखि तल्लो तहसम्मका नेतृत्व सुधारिन आवश्यक रहेको छ । ”

केन्द्र सरकारले रु तीन करोडभन्दा कम बजेटको योजना स्वीकृत नगर्ने र प्रदेश सरकारले रु एक करोडभन्दा कम योजनाको काम नगर्ने प्रावधान बनाउन सकेमा मात्रै सुधारिन सहज हुने उनको विश्वास छ । उनले भने, “नेतृत्वप्रतिको अविश्वास र आक्रोस न्यूनीकरण गर्नुपर्छ र नेतृत्व पनि कर्तव्यबोध हुनसक्नुपर्छ । ”

लोकप्रियताका लागि सामाजिक सञ्जाल हरेक पटक भ्रामक सूचना प्रवाहले छाएको निरासालाई हटाउन तीनै तहका नेतृत्व लाग्नुपर्नेमा उनको जोड थियो । उनले भने, “सबै पार्टीका नेतृत्व लोकप्रियताको पछि लाग्नु हुँदैन । भविष्यलाई मजबुत बनाउने गरी नेतृत्वले कर्तव्यबोध भएर काम गर्न सचेत हुनुपर्छ ।”

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:२२ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...