back
CTIZAN AD

पर्यटन प्रवद्र्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री

वि.सं.२०८२ जेठ ८ बिहीवार

693 

shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति (रासस) फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति र सम्पदालाई तस्वीरका माध्यमबाट प्रवद्र्धन गरेको बताएका छन् ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ को आज सिंहदरबारस्थित मन्त्रालयमा ग्रहण गर्दै उहाँले पुस्तकले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री पाण्डेले भौतिक विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, संस्कृतिलगायत मुलुकभित्र रहेका विविध पहिचानको उजागर गर्दै पुस्तकले ‘नेपालमा केही भइरहेको छ, सकारात्मक परिवर्तन भइरहेका छन्’ भन्ने आशाको सञ्चार गरेको धारणा राखे ।

उनले भने, “नेपालमा केही पनि भएको छैन भनेर निराशा सम्प्रेषण गर्ने प्रवृत्ति बढिरहेका बेलामा पुस्तकले आशाको सञ्चार भर्ने काम गरेको छ । मुलुकको पहिचान बोकेका मूल्यवान् तस्वीर खिच्नुहुने फोटो पत्रकार साथीहरू, पुस्तक प्रकाशनमा खटिनुहुने रासस व्यवस्थापनलगायत रासस परिवारलाई धन्यवाद दिन चाहन्छु ।”

पर्यटनमन्त्री पाण्डेले नेपालको परिचय र पहिचानलाई प्रवद्र्धन गर्न रासस फोटो पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

“राससको फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति, सम्पदा र भौतिक विकासलाई समेट्न खोजेको छ”, उहाँले भन्नुभयो, “यसले मुलुकमा भौतिक विकास निरन्तर भइरहेको छ भन्ने सन्देश दिनुका साथै नेपाल प्रकृति र संस्कृतिमा समृद्ध छ भन्ने सन्देश प्रवाह गरेको छ ।”

मन्त्री पाण्डेले आगामी दिनमा ‘रासस फोटो पुस्तक’ थप प्रकाशन गरेर बढीभन्दा बढी सङ्ख्यामा स्वदेशी तथा विदेशीको हातमा पु¥याउन मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “पर्यटन प्रवद्र्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी उपलब्ध गराउन पुस्तकले महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास लिएको छु । रासस, पर्यटन मन्त्रालय र मातहतका अन्य निकायबीच सहकार्य र समन्वय गरेर पुस्तकको पुनःप्रकाशन र थप वितरण गर्नुपर्ने जरुरी छ ।”

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो पुस्तक पुनःप्रकाशनका लागि सहयोग गर्न पर्यटनमन्त्री, मन्त्रालय र मातहतका सबैलाई आग्रह गरे । उनले फोटो पुस्तकले ‘नेपालमा विकास भएन, कुनै पनि सकारात्मक काम भएनन्’ भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष झाले मन्त्री पाण्डेलाई फोटो पुस्तक तयारी, छपाइ प्रक्रिया, समेटिएका विषयवस्तुलगायत विषयमा जानकारी गराउँदै पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा भाषा, संस्कृति र सम्पादाको संरक्षण एवं सम्वद्र्धनमा पुस्तक उपयोगी हुने बताए ।

उनका अनुसार पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० जना फोटो पत्रकारले खिच्नुभएका एक सय ८२ वटा तस्वीर समावेश छन् ।

राससले ६४औँ वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको थियो । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोको पनि उपस्थिति थियो ।

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:११ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...