back
CTIZAN AD

विद्युतीय खरिदसम्बन्धी तालिम आयोजना

वि.सं.२०८२ जेठ ८ बिहीवार

534 

shares

पाटन (ललितपुर) । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रुपमा विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम यहाँ आयोजना गरिएको छ ।

सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरुप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

“सूचना प्रविधिको युगमा पारदर्शीता, प्रतिस्पर्धा र जवाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ । यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शीता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शीता ल्याउन सहयोग पु¥याएको छ ।” उनले भने ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दङ्गालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्दतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अध्यावधिक हुनु अनिवार्य भएको बताए । कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनालगायतले धारणा राखेका थिए ।

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:०० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...