back
CTIZAN AD

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

वि.सं.२०८२ जेठ ९ शुक्रवार

711 

shares

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन् । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए ।

माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।

प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए । दलित, किसान, मजुदर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनको भनाइ थियो ।

“लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढेको छ, गलकोट–म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ”, प्रचण्डले भने, “खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो ।”

नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए । जनसंवाद कार्यक्रममा उठेका शिक्षा, उद्यम तथा सहकारी समस्याका विषयमा उनले जवाफ दिएका थिए । बिहीबार बागलुङको पातीहाल्नेबाट सुरु भएको जनसंवाद जागरण अभियान बुर्तिबाङ, गलकोट र ताराखोलामा सम्पन्न भएको छ ।

 

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...