back
CTIZAN AD

मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

वि.सं.२०८२ जेठ ११ आइतवार

783 

shares

चितवन । जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार–पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् ।

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उनले भनिन्, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो ।” मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उनले बताए ।

जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । “यहाँ कतै मकै पाकेको छभने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो”, चौहानले भनिन्, “जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।” धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताइन् ।

अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ । मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पु¥याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिइन् । उनका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षति पु¥याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।

चौहानले पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीरोका बारेमा बुझ्न र केही समय बारी खाली राख्न सुझाव दिइन् ।

उनले मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि सुझाव दिइन् ।रासस/फाइल फोटो

वि.सं.२०८२ जेठ ११ आइतवार १४:११ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...