back
CTIZAN AD

कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृत्यु

वि.सं.२०८२ जेठ ११ आइतवार

768 

shares

बोगोटा । पश्चिमी कोलम्बियामा शनिबार विद्यार्थी र प्राध्यापकहरू सवार एक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १० जनाको मृत्यु र ११ जना घाइते भएको विश्वविद्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार टोलिमादेखि क्विन्डियोसम्म २६ जना यात्रु बोकेको बस चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।

क्विन्डियो क्षेत्रको हेलिकोइल ब्रिजको छेउमा रहेको अवरोधमा ठोक्किँदा धेरै मानिस बसबाट खसेको प्रहरी कमान्डर लुइस फर्नान्डो अतुएस्टाले बताए ।

“धेरै यात्रुहरू बाहिर निस्केर खाडलमा खसे”, उनले भने, “यस दुर्भाग्यपूर्ण दुर्घटनाका परिस्थितिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”

कोलम्बियाको अर्मेनिया सहरमा रहेको हम्बोल्ट विश्वविद्यालयले एक वक्तव्यमा दुर्घटनामा ‘हाम्रा धेरै सहकर्मी, विद्यार्थी, प्राध्यापक र प्रशासकहरूको पीडादायी क्षति’ पछि दुई दिनको शोक घोषणा गरेको बताएको छ ।

विश्वविद्यालयका निर्देशक डिएगो फर्नान्डो जारामिल्लो लोपेजले एक भिडियोमा बसमा ‘२२ विद्यार्थी, दुई शिक्षक र एक सञ्चार अधिकारी’ सवार रहेको जानकारी दिए ।

राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सन् २०२४ मा दैनिक औसत २२ ट्राफिक मृत्यु भएको कोलम्बियामा सडक दुर्घटनाहरू मृत्युका मुख्य कारणहरूमध्ये एक हुन् । एएफपी/सांकेतिक फोटो

वि.सं.२०८२ जेठ ११ आइतवार १४:२३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...