back
CTIZAN AD

आज जेठ १२ गते, सोमवारको राशिफल भन्छ यी ७ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८२ जेठ १२ सोमवार

897 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। दिउँसोदेखि अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यहारमा संयम रहनुपर्ला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। दिउँसोदेखि काम र आम्दानीमा बाधा हुनेछ भने फजुल खर्च बढ्न सक्छ। आफन्तको सम्पर्कबाट टाढिनुपर्ला। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्नाले काम रोकिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ने समय छ। दिउँसोदेखि स्थितिमा सामान्य सुधार आउनेछ। तर प्रतीक्षित नतिजा सन्तोषजनक नआउन सक्छ। काममा बाधा हुनेछ। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भेटघाट र उपहारले उत्साह जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। काम बिग्रने सम्भावना देखिएकाले शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नदेखि रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्नाले प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यावहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने अवस्था आउला । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरू सँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्त र साथीभाइले भने साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

२०८२ जेठ १२ गते, सोमवार, (२६ मे २०२५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ जेठ १२ सोमवार ०६:५४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...