back
CTIZAN AD

जापानमा ५० जना महिला बलात्कार गर्ने एक पुरुष पक्राउ

वि.सं.२०८२ जेठ १४ बुधवार

3.5K 

shares

एजेन्सी । जापानको टोकियो प्रहरीले गत बिहीबार पुर्व टयाक्सी चालकलाइ पक्राउ गरेको थियो । एक महिलालाई निद्राको चक्की खुवाएर र भिडियो रेकर्ड गरेर बलात्कार गरेको आरोपमा ती ५४ वर्षीय पूर्व ट्याक्सी चालकलाई पक्राउ गरे पछि जे कुरा बाहिर आयो, त्यसले चकित बनायो ।

यो गिरफ्तारीले जापानमा महिला सुरक्षा र डिजिटल अपराधको बारेमा गम्भीर चिन्ता बढाएको छ, उनको हर्कत देखेर अहिले जापानमा ठुलो बहससमेत भइरहेको छ।

प्रहरीले उनको साथबाट झण्डै ३ हजार भिडियो र तस्बिर बरामद गरेको छ, जसमा उनले विभिन्न ५० महिलासँग यौन दुराचार गरेको कथित प्रमाण देखिएको छ । यी भिडियोहरू २००८ देखि अहिले सम्मको भनिएको छ, जसले अपराधको लामो अवधि र पूर्व नियोजित योजना देखाएको छ ।

प्रहरीका अनुसार पीडित महिला ट्याक्सी यात्रु हुँदा अभियुक्तले निशाना बनाएका थिए । उसले सुरूमा महिलालाईई केही पिउन दिने, जसमा निद्राको चक्की थियो। पीडित युवती बेहोस भए पछि घरमा लगेर यौन दुव्र्यवहार गर्ने र भिडियो बनाउने गरेको खुलेको हो । यो अपराध शारीरिक मात्र होइन डिजिटल र मानसिक शोषणको गम्भीर मामला हो।

प्रहरीले गरेको अनुसन्धानका क्रममा अभियुक्तको मोबाइल र अन्य डिजिटल उपकरणबाट हजारौं भिडियो र तस्विर फेला परेको थियो । यस फुटेजको मिति २००८ देखि २०२४ सम्म रहेको भेटिएको छ ।

तीमध्ये धेरै महिलाहरू अहिले पहिचान भइरहेका छन्। जापान टाइमको रिपोर्टका अनुसार अभियुक्तको कपालमा लागुऔषधको निशान पनि भेटिएको छ, जसले उनको अपराधको प्रमाणलाई थप बलियो बनाएको छ ।

यस अभियुक्तलाई यसअघि अक्टोबर २०२४ मा एक महिलालाई लागुऔषध खुवाएर ४०,००० येन चोरेको आरोपमा पक्राउ गरिएको थियो। त्यतिबेला उनी केही समयपछि रिहा भएका थिए ।

तर, डिसेम्बर २०२४ मा अर्की महिलासँग आपत्तिजनक व्यवहार गरेको आरोपमा उनलाई फेरि पक्राउ गरियो। अब जनवरी २०२५ मा भएको एक घटनालाई लिएर प्रकाउ परे पछि उनी माथी गम्भिर छानबिन भइरहेको छ।

वि.सं.२०८२ जेठ १४ बुधवार १०:२८ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...